सीआईबी प्रमुखमा ज्ञवाली
गृहमन्त्रालयको प्रस्ताव अनुरुप मन्त्रिपरिषदले ज्ञवालीलाई सीआईबी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो।
काठमाडौं, चैत २ : शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवालीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुख बनाउने निर्णय गरेको छ।
गृहमन्त्रालयको प्रस्ताव अनुरुप मन्त्रिपरिषदले ज्ञवालीलाई सीआईबी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो।
हालकी सीआईबी प्रमुख एआईजी किरण बज्राचार्य सुन तश्करी छानविनमा विवादमा परेपछि प्रहरी प्रधान कार्यालय कार्यविभागमा सरुवा गरिएको छ।
बैठकपछि सञ्चारमन्त्री रेखा शर्माले कसैलाई कारबाही या पुरस्कार भनेर सरुवा नगरिएके बताइन्। सीआईबी प्रमुख बनाइएका ज्ञवाली यसअघि प्रहरी प्रधान कार्यालय अन्तर्गतको कार्यविभागमा कार्यविभागमा थिए ।
प्रकाशित मिति: १८:४५ बजे, शुक्रबार, चैत २, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












