सुन तस्करीसम्बन्धी आयोगको प्रतिवेदन चाँडै कार्यान्वय गर्ने मन्त्रिपरिषद्को निर्णय
शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले हिजो चैत्र १ गृहमन्त्रीलाई बुझाएको उक्त प्रतिवेदनको गम्भीर अध्ययन गरी तत्काल कार्यान्वयनको लागि प्रक्रियामा लैजाने निर्णय गरेको हो।
काठमाडौं, फागुन २ : सरकारले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले तयार गरेको प्रतिवेदनको अध्ययन गरी तत्काल कार्यान्वयनको प्रक्रियामा लैजाने भएको छ।
शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले हिजो चैत्र १ गृहमन्त्रीलाई बुझाएको उक्त प्रतिवेदनको गम्भीर अध्ययन गरी तत्काल कार्यान्वयनको लागि प्रक्रियामा लैजाने निर्णय गरेको हो।
सरकारकी प्रवक्ता रेखा शर्माले आयोगले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बुझाएको प्रतिवेदन चाँडै कार्यान्वयनमा लाने निर्णय भएको बताइन्।
‘सुनको अवैध पैठारी तस्करी नियन्त्रण सम्बन्धी जुन हामीले जाँचबुझ आयोग गठन गरेको थियौं,’ उनले भनिन्, ‘त्यसले २०८० चैत्र १ गते उपप्रधान तथा गृह मन्त्रीलाई बुझाएको प्रतिवृदनको गम्भिर अध्ययन गरी तत्काल कार्यन्वयनको लागि प्रक्रियामा लैजाने भन्ने बैठकले निर्णय गरेको छ।’
प्रकाशित मिति: १८:३९ बजे, शुक्रबार, चैत २, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार