माओवादीको विधान सम्पादनसहित पारित
नेता सापकोटाले मुलभूत रूपमा विधान अधिवेशनले पास गरेको मूल स्पिरिट पहिल्यै पास भएको र अहिले व्यापक रूपमा त्यसलाई समृद्ध बनाउन, सम्पादन गर्नका लागि छलफल गरिएको बताउँदै छलफलले परिपूर्ण र समृद्ध भएको बताए।
काठमाडौं, चैत २ : माओवादी केन्द्रको स्थायी समिति बैठकले पार्टीको विधान सम्पादनसहित पारित गरेको छ।
शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टीको विधानलाई अन्तिम रुप दिएको प्रवक्ता अग्न सापकोटाले जानकारी दिए।
उनले आजको विषयमा विषेशगरि २ एजेन्डामा मात्र छलफल भएको उल्लेख गर्दै विधान पारित गर्दै राष्ट्रिय सभामा अध्यक्ष पदमा निर्वाचित भएका नारायणप्रसाद दाहालको राजीनामा स्वीकृत गरेको बताए।
नेता सापकोटाले मुलभूत रूपमा विधान अधिवेशनले पास गरेको मूल स्पिरिट पहिल्यै पास भएको र अहिले व्यापक रूपमा त्यसलाई समृद्ध बनाउन, सम्पादन गर्नका लागि छलफल गरिएको बताउँदै छलफलले परिपूर्ण र समृद्ध भएको बताए।
प्रकाशित मिति: १८:३२ बजे, शुक्रबार, चैत २, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार