Kathmandu Press

पूर्वउपराष्ट्रपति पुनका सल्लाहाकार गुरुङविरुद्ध सुन तस्करीको मुद्दा दायर

प्रहरी प्रतिवेदन अनुरुप जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंले शुक्रबार अदालतमा मुद्दा दायर गरेको हो। गुरुङसँग १ अर्ब ४० करोड बिगो मागदावी लिएको छ।
पूर्वउपराष्ट्रपति पुनका सल्लाहाकार गुरुङविरुद्ध सुन तस्करीको मुद्दा दायर

काठमाडौं, चैत २ : १४ किलो सुन तस्करीमा संलग्नताको अभियोगमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका सल्लाहाकार रहेका जीवनकुमार गुरुङविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।

गुरुङ हाल पुर्पक्षका लागि थुनामा छन्।

Hardik ivf

प्रहरी प्रतिवेदन अनुरुप जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंले शुक्रबार अदालतमा मुद्दा दायर गरेको हो। गुरुङसँग १ अर्ब ४० करोड बिगो मागदावी लिएको छ।

गुरुङ पूर्वउपराष्ट्रपति पुनका ‘वैदेशिक मामिला विज्ञ’ थिए । गोरखा बारपाक घर भएका ४५ वषीर्य चन्द्र घलेले दुबईबाट ल्याएको १४ किलो सुनमा गुरुङको ‘कनेक्सन’ देखिएको दाबीसहित सजायको माग राखेर अभियोगपत्र दायर भएको हो।

गुरुङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले पक्राउ गरेको थियो। गुरुङ डिल्लीबजारमा सञ्चालित प्लाटिनम कलेजका प्रमुख कार्यकारी अधिकृत समेत थिए।

प्रकाशित मिति: १८:०५ बजे, शुक्रबार, चैत २, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्