Kathmandu Press

‘कला, संस्कृति र साहित्यले मानव जीवनको अभिव्यक्तिको सुन्दर प्रस्तुति’

शुक्रबारको सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सिनेमा संवाद कार्यक्रममा ओलीले समाजमा भएका विभिन्न कोणको सुन्दर प्रस्तुती नै कला, संस्कृत, सिनेमा भएको बताएका हुन्।
‘कला, संस्कृति र साहित्यले मानव जीवनको अभिव्यक्तिको सुन्दर प्रस्तुति’

काठमाडाैं, चैत २ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कला, संस्कृति र साहित्यले मानव जीवनको अभिव्यक्तिको सुन्दर प्रस्तुतिको रुपमा रहेको बताएका छन्।

शुक्रबारको सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सिनेमा संवाद कार्यक्रममा ओलीले समाजमा भएका विभिन्न कोणको सुन्दर प्रस्तुती नै कला, संस्कृत, सिनेमा भएको बताएका हुन्। कार्यक्रममा उनले सिनेमाले कला, संस्कृति र जीवनलाई जोड्ने महत्वपूर्ण माध्यम बनेको दाबी गरे। उनले जीवनका उतारचढावलाई सही ढङगले प्रस्तुत गर्ने माध्यमको रुपमा कला रहेको दाबी गरे।

Hardik ivf

संवाद कार्यक्रममा अभिनेता राजेश हमालले सिनेमा तथा कलामा राजनितीक पक्षहरु समेटिनु आवश्यक रहेको भन्दै यस विधालाई अभिव्यक्तिको स्वतन्त्रताको राम्रो माध्यम बनेको बताए।

उनले कला, सिनेमाले मानवीय स्वतन्त्रताको वकालत मात्र नगरि व्यक्तिको राजनीतिक पक्षको पनि उजागर गर्नमा भूमिका खेल्ने कुरामा जोड दिए। सिनेमाले राजनीतिक व्यत्तिका बारेमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा विषय प्रस्तुत गर्ने गरेको उल्लेख गरे।

प्रकाशित मिति: १७:५० बजे, शुक्रबार, चैत २, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्