Kathmandu Press

रवि लामिछानेको ४६ लाखको गाडीमा संसदमा उठ्यो प्रश्न 

कांग्रेसका सांसद अर्जुननरसिंह केसीले उक्त प्रश्न उठाएका हुन्।
रवि लामिछानेको ४६ लाखको गाडीमा संसदमा उठ्यो प्रश्न 

काठमाडौं, चैत २ : उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले चढ्दै आएको गाडी सहकारी पीडितको रकमबाट किनिएको भन्दै कांग्रेसका सांसदले संसदमा प्रश्न उठाएका छन्। कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले उक्त प्रश्न उठाएका हुन्।

‘रवि लामिछाने ज्युले गृहमन्त्री सम्हाल्नुभएको छ। आज सडकमा सहकारी पीडितहरु छरपष्ट भएका छन्। उहाँ स्वर्णलक्ष्मी सहकारीमा एमडी हुनुहुन्थ्यो। त्यहाँबाट एउटा गाडी लिनुभएको रहेछ,’ सांसद केसीले भने, ‘त्यो सहकारीबाट ४६ लाखमा एउटा गाडी लिनुभएको रहेछ। गरीब, निमुखा मजदुरहरुको साना साना पुँजीहरु संकलन गरेर सहकारी निर्माण गरिएको हुन्छ। त्यही सहकारीबाट ४६ लाख रुपैयाँ ऋण लिएर गाडी खरीद गर्नुभएको रहेछ, यो घोर आपत्तिजनक कुरा ।’

Hardik ivf

सांसद केसीले सहकारीको सदस्य नभएका लामिछानेले कसरी सहकारीबाट गाडी खरिदका लागि ऋण लिए भन्दै गंभिर प्रश्न उठाएका थिए।

‘कुनै हालतमा पनि त्यो ऋण लिन नमिल्दैन। अब उहाँले सहकारी पीडितहरुलाई कसरी सम्बोधन गर्नुहुन्छ ? उहाँ गृहमन्त्रीका रुपमा रहनुभएको छ, यसमा गम्भीर आशंका छ,’ केसीले भने।
 

प्रकाशित मिति: १७:४६ बजे, शुक्रबार, चैत २, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्