Kathmandu Press

जबजको सान्दर्भिकता सकियो भन्नु शतप्रतिशत गलत : अध्यक्ष नेपाल

उनले अतिवादमा नलाग्न नेताहरूलाई आग्रहसमेत गरे।
जबजको सान्दर्भिकता सकियो भन्नु शतप्रतिशत गलत : अध्यक्ष नेपाल
Hardik ivf

काठमाडाैं, चैत २ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज) को सान्दर्भिकता सकियो भन्नु शतप्रतिशत गलत भएको बताएका छन्।

नेकपा एसको बागमती प्रदेश स्तरीय महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले अहिले कतिपयले जबजको सान्दर्भिकता नै सकियो भनेर भनिरहेकाले निन्दा गर्ने मान्छेहरू जुटिरहेको भन्दै यो शतप्रतिशत गलत भएको बताएका हुन्। उनले अतिवादमा नलाग्न नेताहरूलाई आग्रहसमेत गरे।

कार्यक्रमा उनले महिलाहरुमाथि हुने हिंसा बढ्दै गएको भन्दै नेपालमा कतिपय स्थनमा अझैपनि छाउपडि प्रथा कायम रहेकोले यसको अन्त्य हुनुपर्नेमा जोड दिए। उनले नेपालको राजनीतिक तरंगित हुँदै छिटो परिवर्तन भइरहेको बताए। नेकपा एसलाई थाहै नदिई कोर्स परिवर्तन गर्न खोजे पनि अहिले सबैलाई आवश्यकता परेको उनको भनाइ रहेको थियो।

प्रकाशित मिति: १७:४३ बजे, शुक्रबार, चैत २, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्