Kathmandu Press

‘बाँदरको आतंकले घरवास नै गुमाउनुपरेको अवस्थामा यसको समाधानका लागि तालिम महत्वपूर्ण’

बिदाइ कार्यक्रममा समिति सभापति देउवाले नेपालका सुदुरपश्चिम, कर्णाली प्रदेश लगायतका जिल्लाहरुमा बाँदरको आतंकले घरवास नै गुमाउनुपरेको अवस्थामा यसको समाधानका लागि यो तालिम महत्वपूर्ण हुने बताइन्।
‘बाँदरको आतंकले घरवास नै गुमाउनुपरेको अवस्थामा यसको समाधानका लागि तालिम महत्वपूर्ण’

काठमाडाैं, चैत २ : कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणा देउवाले बाँदर व्यवस्थापनका विषयमा तालिमका लागि भारत जाने प्राविधिकहरुलाई बिदाइ गरेकी छन्।

शुक्रबार प्रतिनिधि सभाको अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा सभापति आरजु देउवाले बाँदर व्यवस्थापन गर्न भारतको सिमला जाने भेटेरिनरी डाक्टर, बायोल्याब स्काउटहरूलाई तथा प्रविधिकहरुलाई बिदाइ गरेकी हुन्।

Hardik ivf

बिदाइ कार्यक्रममा समिति सभापति देउवाले नेपालका सुदुरपश्चिम, कर्णाली प्रदेश लगायतका जिल्लाहरुमा बाँदरको आतंकले घरवास नै गुमाउनुपरेको अवस्थामा यसको समाधानका लागि यो तालिम महत्वपूर्ण हुने बताइन्। साथै उनले बाँदरले निम्त्याएको समस्यालाई यस तालिमले केहि हदसम्म भएपनि समाधान गर्ने बताउँदै यस विषयले आफूलाई खुशी बनाएको उल्लेख गरिन्।

उनले नेपालका विभिन्न जिल्ला बाँदर आतंक रोक्न बाँदरको निर्यात, बाँदरको संख्या कसरी घटाउने र बन्धकरण विषयमा प्रविधिकहरुले भारतमा लिएर आउने तालिमले समस्या समाधान गर्नेमा विश्वस्त रहेको उल्लेख गरिन्। साथै उनले कृषि मन्त्रालयले पनि तालिममा सिकेका विषयहरुको कार्यन्वयन र बजेटमा पनि विशेष ध्यान दिन आग्रह गरिन्।

प्रकाशित मिति: १७:३९ बजे, शुक्रबार, चैत २, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्