योजना आयोगका चारजना सदस्यले दिए राजीनामा
आयोग सदस्यहरू डा.प्रभु बुढाथोकी, अनिता शाह ढुंगाना, डा.आरपी विच्छा र डा. जयकान्त राउतले शुक्रबार उपाध्यक्ष मीनबहादुर श्रेष्ठसमक्ष राजीनामा दिएका हुन्।
काठमाडौं, चैत २ : राष्ट्रिय योजना आयोगका चारजना सदस्यले पदबाट राजीनामा दिएका छन्।
आयोग सदस्यहरू डा.प्रभु बुढाथोकी, अनिता शाह ढुंगाना, डा.आरपी विच्छा र डा. जयकान्त राउतले शुक्रबार उपाध्यक्ष मीनबहादुर श्रेष्ठसमक्ष राजीनामा दिएका हुन्।
शाह हाल अमेरिकामा रहे पनि त्यहीँबाट राजीनामा पठाएकी छन् । सरकार परिवर्तन भएसँगै उनीहरुले राजिनामा दिएका हुन्।
आयोगका उपाध्यक्ष श्रेष्ठले राजिनामा समेत स्वीकृत गरेका छन् ।
प्रकाशित मिति: १७:२१ बजे, शुक्रबार, चैत २, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार