Kathmandu Press

प्रधानसेनापति र मंगोलियाका राजदूतबीच भेटवार्ता

शुक्रबार प्रधान सेनापतिको कार्यकक्ष जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको हो। उक्त भेटघाटमा आपसी चासोका विषयमा छलफल भएको थियो।
प्रधानसेनापति र मंगोलियाका राजदूतबीच भेटवार्ता
Hardik ivf

काठमाडौं, चैत २ : प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि मंगोलियाका गैर आवासीय महामहिम राजदूत गानबोल्ड डम्बजावबीच शिष्टाचार भेटवार्ता भएको छ।

शुक्रबार प्रधान सेनापतिको कार्यकक्ष जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको हो। उक्त भेटघाटमा आपसी चासोका विषयमा छलफल भएको थियो।

यस किसिमको भेटघाटले दुई देशबिच रहि आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।
 
प्रकाशित मिति: १६:४१ बजे, शुक्रबार, चैत २, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्