Kathmandu Press

कांग्रेसकाे अवरोधपछि प्रतिनिधिसभाकाे दाेस्राे बैठक आइतबारसम्मका लागि स्थगित

सदन अघि बढ्न नसक्ने भएपछि सभामुखले २०८० चैत ४ गते आइतबार बिहान ११ बजे बस्नेगरी स्थगित गरेका हुन्।  
कांग्रेसकाे अवरोधपछि प्रतिनिधिसभाकाे दाेस्राे बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडाैं, चैत २१ : प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठक तीन मिनेट पनि नबित्दै स्थगित भएको छ।

गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरूले अवरोध जनाएपछि सुरुको बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो। 

Hardik ivf

दोस्रो बैठक सुरू हुनेबित्तिकै सभामुख देवराज घिमिरेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएसँगै विधेयक सदनमा पेस गर्न गृहमन्त्री लामिछानेलाई अनुरोध गर्नेबित्तिकै कांग्रेस सांसदहरूले नाराबाजी गरे। उनीहरूले बेल नै घेराउ गरे।

त्यसक्रममा उनीहरुले गृहमन्त्री राजीनामा दे, सहकारी पीडितलाई न्याय देलगायत नाराबाजी गरेका थिए। सदन अघि बढ्न नसक्ने देखेपछि सभामुखले २०८० चैत ४ गते आइतबार बिहान ११ बजे बस्नेगरी स्थगित गरेका हुन्।  

प्रकाशित मिति: १६:१७ बजे, शुक्रबार, चैत २, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्