बाँदर नियन्त्रणको तालिम लिन नेपाली टोली भारततर्फ
शुक्रबार सिंहदरबारस्थित समितिको सभाकक्षमा समितिले बाँदर नियन्त्रण तालिम लिन भारत जाने भेटनरी डाक्टर र फरेस्ट रेन्जरलाई बिदाइ गरेको हो।-(1)-1710494708.jpg)
काठमाडौं, चैत २ : कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बाँदर नियन्त्रण तालिममा सहभागीका लागि भारत जाने टोलीलाई विदाई गरेको छ।
शुक्रबार सिंहदरबारस्थित समितिको सभाकक्षमा समितिले बाँदर नियन्त्रण तालिम लिन भारत जाने भेटनरी डाक्टर र फरेस्ट रेन्जरलाई बिदाइ गरेको हो।
बिदाइ कार्यक्रममा समिति सभापति डा.आरजु राणा देउवाले, बाँदरलाई मार्नु नै उचित समाधान नरहेकाले तालिम लिएर बाँदर नियन्त्रण गर्न सकिने विश्वासले तालिममा सहभागीका लागि पठाउन लागेको जानकारी दिइन्।
उनले भनिन्,‘बाँदरलाई यत्तिकै मार्न हुँदैन्। यो हाम्रो बाटो होइन् भन्ने छलफल भएको थियो। नियन्त्रण कसरी गर्ने भन्ने कुराहरु उठिरहँदा हामीले उपाय निकालेका हौं। तालिम लिन सक्यौ भने चाँही हामी नियन्त्रण गर्न सक्छौं।
यो कुरा मन्त्रालयसामु पनि कुरा राख्यौं र मन्त्रालयले पनि प्रतिक्रिया दिएपछि आज यो ठाउँमा पुग्यौं।’
उनले तालिम लिएर आएपश्चात त्यसलाई लागु गर्नका लागि सहयोग गरिदिन मन्त्रालयलाई आग्रह समेत गरिन्












