Kathmandu Press

अल्पमतमा परेकाे भन्दै एमालेले माग्याे कोसी मुख्यमन्त्रीको राजीनामा

एमाले कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा परिसकेको भन्दै राजीनामा दिन आग्रह गरेको हो।
अल्पमतमा परेकाे भन्दै एमालेले माग्याे कोसी मुख्यमन्त्रीको राजीनामा

विराटनगर, चैत २ : नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले राजीनामा दिनुपर्ने जनाएको छ। एमाले कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा परिसकेको भन्दै राजीनामा दिन आग्रह गरेको हो।

एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले आज पत्रकार सम्मेलन गर्दै यस्तो मुख्यमन्त्रीलाई राजीनामा दिन आग्रह गरेका हुन्। सरकार राजनीतिक हिसाबले अल्पमतमा परिसकेको भन्दै भण्डारीले राजीनामा दिनुपर्ने उल्लेख गर्दै नदिए सत्तापक्ष अल्पमतमा देखिने साथै र विपक्षी बहुमतमा देखिने अवस्था आएको बताए।

Hardik ivf

‘मुख्यमन्त्रीले राजीनामा दिनुको विकल्प छैन,’ उनले भने, ‘राजीनामा नदिए संविधानको धारा १८८ बमोजिम विश्वासको मत लिनुपर्यो। यदि प्रक्रियामा नगएर जबर्जस्ती गर्न खोजिए संविधानको सर्वाेच्चता, सर्वोच्च अदालतको आदेश र कानुन बमोजिम हामी हटाउनेछौं।’

संघीय सरकारको गठबन्धनको आधारमा बहुमत पाइरहेको र पहिलेको गठबन्धन टुटेर अर्काे गठबन्धन बनिसकेपछि मुख्यमन्त्री कार्कीविरुद्ध ५८ मत पुगिसकेको दाबी भण्डारीले गरे। नयाँ गठबन्धनले आफूहरुलाई नयाँ सरकार बनाउनका लागि नीतिगत निर्देशन दिने उल्लेख गर्दै नेता भण्डारीले त्यसपछि आवश्यक प्रक्रिया अघि बढाइने बताए।

गठबन्धनकै निर्देशनअनुसार अघि बढ्ने भन्दै उनले एमालेकै नेतृत्वमा सरकार हुनुपर्ने नभनेको बरु सहमति गरेर अगाडि बढ्न सकिने उल्लेख गरे। सहमतिअनुसार एमालेको भागमा कोशी प्रदेश परेको अवस्थामा हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्ने उनको भनाइ छ। 

प्रदेश प्रमुखले चाहेमा संविधानको धारा १६८ को उपधारा २ अनुसार पनि सरकार बन्न सक्ने वा कुनै दलहरु एक भएर बहुमत सिद्ध गर्नसके संविधानको धारा १६८ को उपधारा (१) बाट पनि सरकार बन्न सक्ने भण्डारीले दाबी गरे।
 

प्रकाशित मिति: १४:५१ बजे, शुक्रबार, चैत २, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्