Kathmandu Press

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

शुक्रबार प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री लामिछानेले राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची थियो। तर सभामुख देवराज घिमिरे उक्त कार्यसूचीमा प्रवेश गर्नुअघि नै कांग्रेस सांसदहरु उठेर अवरोध गरेका छन्।
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

काठमाडाैं, चैत २ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको शुक्रबारको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। सभामुख देवराज घिमिरेले १५ मिनेटपछि पुन: बस्ने गरी बैठक स्थगित भएको जानकारी गराएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री लामिछानेले राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची थियो। तर सभामुख देवराज घिमिरे उक्त कार्यसूचीमा प्रवेश गर्नुअघि नै कांग्रेस सांसदहरु उठेर अवरोध गरेका छन्।

Hardik ivf

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने भन्दै कांग्रेसले बैठक अवरोध गरेको हो। कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले  प्रतिपक्षी उभिएका बेला सदन अवरोध भएको मानिने बताए।

‘प्रतिपक्ष उभिइसकेपछि यो सदनमा भाषण हुने कुरा यो नौलो हुँदैछ,’ उनले भने, ‘त्यसकारण यस्ता कुराले सदनको मर्यादा रहँदैन।’ कांग्रेसले बजेटसम्बन्धी कुनै पनि विषयलाई अवरोध गर्न नचाहेको पनि लेखकले बताए। 

लेखकले गृहमन्त्रीमाथि सहकारी ठगीको आरोप लागेकाले त्यस विषयमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने बताए । ‘प्रधानमन्त्रीको जवाफ नआउँदासम्म माननीय उपप्रधानमन्त्रीजीको कार्यसूचीमा प्रवेश गर्न दिँदैनौं,’ उनले भने। प्रतिनिधि सभामा आज उपप्रधान तथा गृहमन्त्री लामिछानेले राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयक पेस गर्ने कार्यसूची थियो।

प्रकाशित मिति: १४:४३ बजे, शुक्रबार, चैत २, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्