Kathmandu Press

माओवादी नेताहरूमा तस्करीको सुनको जलप लागेर पहेँलपुर : सांसद सेजुवाल 

‘अहिले देशभर सुनकाण्डको चर्चा छ। माओवादीका कयौँ नेता र उनीहरूका परिवारका सदस्यलाई पनि सुनको जलपले पोतिएको छ। माओवादी नेताहरू अहिले सुनले पहेँलपुर भइसक्नु भयो। अर्थमन्त्री वर्षमान पुनको नामसमेत प्रकरणमा जोडिएको सुनेका छौँ।’ 
माओवादी नेताहरूमा तस्करीको सुनको जलप लागेर पहेँलपुर : सांसद सेजुवाल 
Hardik ivf

काठमाडौं, चैत २ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले प्रतिनिधि सभाको शून्य समयमा बोल्ने क्रममा नेकपा माओवादीका केन्द्रका नेताहरूमा तस्करीको सुनको जलप लागेको बताएकी छन्।

उनले माओवादी नेताहरू सुनै सुनको जलप लागेर पहेंँलपुर भएको चर्चा देशैभर रहेको बताइन्। सांसद सेजुवालले भनिन्, ‘अहिले देशभर सुनकाण्डको चर्चा छ। माओवादीका कयौँ नेता र उनीहरूका परिवारका सदस्यलाई पनि सुनको जलपले पोतिएको छ। माओवादी नेताहरू अहिले सुनले पहेँलपुर भइसक्नु भयो। अर्थमन्त्री वर्षमान पुनको नामसमेत प्रकरणमा जोडिएको सुनेका छौँ।’ 

यस्तै, सांसद सेजुवालले विवादित व्यक्तिको हातमा सुशासनको चावी जिम्मा लगाएको बताउँदै गृहमन्त्री रवि लामिछानेलाई कटाक्ष समेत गरेकी छन्। ‘स्वार्थ बाझिएका व्यक्तिलाई नै मन्त्रालयको जिम्मा लगाएर प्रधानमन्त्रीले गलत गर्नुभएको छ,’ उनले भनिन्, ‘सुशासन कायम गर्ने चाबी ठगी प्रकरणमा जोडिएकालाई दिएको भन्दै सेजुवालले संसारको राजनीति योभन्दा ठूलो मजाक अरु के हुन सक्छ ?’ 
 

प्रकाशित मिति: १४:०९ बजे, शुक्रबार, चैत २, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्