Kathmandu Press

सुन तस्करीबारे प्रतिवेदनमाथि छलफल गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

बैठकमा सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनबारे छलफल हुने बताइएकाे छ।
सुन तस्करीबारे प्रतिवेदनमाथि छलफल गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौं, चैत २ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक डाकेका छन्।उनले आज साँझ ५ बजेका लागि बैठक बोलाएको उनको सचिवालय स्रोतले जनाएको छ।

बैठकमा सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनबारे छलफल हुने बताइएकाे छ।

Hardik ivf

सरकारले सुन तस्करी नियन्त्रणबारे जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा गठन गरेको आयोगले बिहीबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो।

उक्त प्रतिवेदन उपप्रधानमन्त्री लामिछानेले शुक्रबार प्रधानमन्त्री दाहाललाई बुझाएका छन्। स्रोतका अनुसार उक्त प्रतिवेदनमा सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका ठुला नेताहरू मुछिएकाे उल्लेख रहेकाे बताइएकाे छ।

माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई पनि सुन तस्करी प्रकरणमा कारबाही चलाउन प्रतिवेदनले सिफारिस गरिएको बुझिएकाे छ।

प्रकाशित मिति: १४:०३ बजे, शुक्रबार, चैत २, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्