Kathmandu Press

काेराेनाका कारण राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं, चैत ७ : कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राखेर राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ।

कोरोना भाइरसको जोखिमल....

काेराेनाका कारण राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं, चैत ७ : कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राखेर राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ।

कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखेर सरकारले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेको छ। तैपनि राष्ट्रिय सभाको बैठक बिहीबार बसेको छ। आज बैठक बोलाइएको थियो।

आज राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले कार्य व्यवस्था परामर्श समितिको सुझाबका आधारमा स्थगित गरेको जनाएको छ। अर्को निर्णय नभएसम्मका लागि बैठक स्थगित गरिएको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले बताए।

प्रतिनिधिसभाको बैठक भने बिहीबार नै सारिएको थियो। अर्को बैठक चैत १३ गते बोलाइएको छ।

कोरोना भाइरसको कारण संसद प्रभावित भएको छ। दुवै सदन अब केही दिन नचल्ने भएका छन्।

प्रकाशित मिति: १२:१७ बजे, शुक्रबार, चैत ७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्