मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. अंकुर साह
सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहको संयोजकत्वमा बनेको सिफारिस समितिको सिफारिसमा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार डा( साहलाई उपकुलपतिमा नियुक्त गरेका हुन्।
धनुषा, चैत २ : मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. अंकुर साह नियुक्त भएका छन्।
सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहको संयोजकत्वमा बनेको सिफारिस समितिको सिफारिसमा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार डा. साहलाई उपकुलपतिमा नियुक्त गरेका हुन्।
स्वास्थ्यमन्त्री सिंहले गत फागुन २१ गते डा. साहको नाम पहिलो नम्बरमा सिफारिस गरेका थिए। प्रतिष्ठानका शिक्षाध्यक्षसमेत रहेका डा. साह प्रतिष्ठानका निमित्त उपकुलपति थिए।
गत जेठ २५ प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएपछि सो पद रिक्त थियो। रिक्त पदमा नियुक्तिका लागि गत असोज १८ गते दरखास्त आह्वान गरिएको थियो। उपकुलपतिका लागि १५ जनाले आवेदन दिएका थिए।
प्रकाशित मिति: १३:१८ बजे, शुक्रबार, चैत २, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












