Kathmandu Press

‘रुस-युक्रेन युद्धमा मारिएका नेपालीका शव र घाइतेलाई स्वदेश ल्याउन सरकारले पहल गर्नुपर्छ’

भारत र बेलायतबाहेक अरु ठुला देशहरूको सेनामा नेपाली पठाउन नहुनेमा उनले जाेड दिए।
‘रुस-युक्रेन युद्धमा मारिएका नेपालीका शव र घाइतेलाई स्वदेश ल्याउन सरकारले पहल गर्नुपर्छ’

काठमाडौं, चैत २ : राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले रुस-युक्रेन युद्धमा मृत्यु भएका नेपालीका शव र घाइतेलाई स्वदेश फिर्ता गर्न सरकारले पहल गर्नुपर्नेमा जोड दिएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बाेल्दै उनले यस्तो बताएका हुन्।

Hardik ivf

'रुस र युक्रेनमा अहिले नेपाली युवकहरू घाइते छन्, मृत्यु भएका छन् । त्यस सम्बन्धमा सरकारले पहल गरेर उनीहरूलाई फिर्ता गर्नुपर्छ,' उनले भने ।

भारत र बेलायतबाहेक अरु ठुला देशहरूको सेनामा नेपाली पठाउन नहुनेमा उनले जाेड दिए।

'नेपाल सरकारले नेपाली युवकहरू भारत र बेलायतको सेनामा जान्छन् भन्छ । तर, हामीलाई के थाहा छ भने अमेरिका, फ्रान्सलगायतका देशमा कतिपय नेपाली युवाहरूलाई दलालले लगेर भर्ती गरिदिन्छ,' उनले भने, 'त्यहाँ पनि त्यस्ता भएका हुन सक्छन् । सरकारले यसबारे खोजोस् ।'

 

प्रकाशित मिति: १३:०९ बजे, शुक्रबार, चैत २, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्