Kathmandu Press

सवारी दुर्घटना न्यूनीकरणका निम्ति क्यालेन्डर तयार गरेर काम गर्नुपर्छ : सूदन किराती

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आकस्मिक समयमा बोल्दै उनले सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दीर्घकालीन प्रकारको रणनीति बनाउनुपर्नेमाजोड दिए।
सवारी दुर्घटना न्यूनीकरणका निम्ति क्यालेन्डर तयार गरेर काम गर्नुपर्छ : सूदन किराती

काठमाडौं, चैत २ : माओवादी केन्द्रका सांसद सुदन किराँतीले सवारी दुर्घटना न्यूनीकरणका निम्ति क्यालेन्डर तयार गरेर काम गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आकस्मिक समयमा बोल्दै उनले सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दीर्घकालीन प्रकारको रणनीति बनाउनुपर्नेमाजोड दिए।

Hardik ivf

 ‘मर्ने मान्छे मरिहाल्छ, जहाँ घाइते भएको छ, एउटा परिवारमा एकजना मान्छे जीवनभरि घाइते हुँदाखेरी त्यसले राष्ट्रलाई कति धेरै क्षति पुग्न सक्छ? यसमा हामीले ध्यान पुर्‍याउनुपर्छ,’ उनले भने, ‘यातायात मन्त्रालयले गम्भीर अध्ययन गरी दीर्घकालीन प्रकारको रणनीति निर्माण गरी दुर्घटना न्यूनीकरणको निम्ति क्यालेन्डर तयार गरेर दुर्घटना न्यूकरणमा आजैबाट जानुपर्छ।’

उनले हरेक दिन सवारी दुर्घटना भइरहेको र त्यसमा सरकारले ध्यान जान नसकेको उनका भनाइ थियो।

प्रकाशित मिति: १३:०० बजे, शुक्रबार, चैत २, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्