सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर
तेजाबी सुनको मूल्य पनि प्रतितोला रु चार सयले घटेर प्रतितोला रु. एक लाख २४ हजार आठ सय कायम भएको छ।काठमाडौँ, चैत २ : नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु. चार सयले घटेर प्रतितोला रु. एक लाख २५ हजार चार सय कायम भएको छ। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख २५ हजार आठ सय थियो।
त्यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु चार सयले घटेर प्रतितोला रु. एक लाख २४ हजार आठ सय कायम भएको छ। बिहीबार तेजावी सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार दुई सय थियो।
बिहीबारको तुलनामा आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदीको मूल्य प्रतितोला रु एक हजार पाँच सय १५ कायम भएको छ।
प्रकाशित मिति: १२:४० बजे, शुक्रबार, चैत २, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अफवाह फैलाउने १० युट्युब च्यानल परे कारबाहीमासोमबार, मंसिर १०, २०८१
कोशीका सांसद लिलाबल्लभ अधिकारी हिरासतमुक्तसोमबार, मंसिर १०, २०८१
एक वर्षदेखि रिक्त धितोपत्र बोर्डले पायो नेतृत्व, सन्तोषनारायण श्रेष्ठ अध्यक्ष नियुक्तसोमबार, मंसिर १०, २०८१
प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजातिसोमबार, मंसिर १०, २०८१