Kathmandu Press

कोरोनाबाट १० हजारको मृत्यु, दुई लाख ४५ हजार बिरामी

काठमाडौं, चैत ७ : चीनको वुहानबाट सुरू भएको कोरोना भाइरसको संक्रमण संसारका एक सय ८० देशमा पुगेको छ।

शुक्रबार बिहानसम्म कोरोना भाइरसको संक्रमण....

कोरोनाबाट १० हजारको मृत्यु, दुई लाख ४५ हजार बिरामी

काठमाडौं, चैत ७ : चीनको वुहानबाट सुरू भएको कोरोना भाइरसको संक्रमण संसारका एक सय ८० देशमा पुगेको छ।

शुक्रबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट १० हजार ४७ जनाले ज्यान गुमाएका छन्। दुई लाख ४५ हजार आठ सय ५९ जनामा संक्रमण देखिएको छ।

कोरोना भाइरसको संक्रमणबाट चीनमा भन्दा पनि इटालीमा धेरैको मृत्यु भएको छ। शुक्रबार बिहानसम्म इटालीमा तीन हजार चार सय पाँच जनाले ज्यान गुमाएका छन्। त्यस्तै, ४१ हजार ३५ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ।

त्यसपछि चीनमा मृतकको संख्या तीन हजार दुई सय ४८ पुगेको छ। चीनमा ८० हजार नौं सय ६७ बिरामी परेका छन्।

त्यस्तै, इरानमा १८ हजार चार सय सात, स्पेनमा १८ हजार ७७, जर्मनीमा १५ हजार तीन सय २०, अमेरिकामा १४ हजार तीन सय ६३ र फ्रान्समा १० हजार नौ सय ९५ जना बिरामी परेका छन्।

त्यसमध्ये इरानमा एक हजार दुई सय ८४, स्पेनमा आठ सय ३१, जर्मनीमा ४४, अमेरिकामा दुई सय १७ र फ्रान्समा ९४ जनाको मृत्यु भएको छ।

संसारभर कोरोना भाइरसको संक्रमण हुने क्रम रोकिएको छैन। बिरामी निको हुने क्रम भने बढ्दै गएको छ। शुक्रबारसम्म ८८ हजार चार सय ४१ जना निको भएर घर फर्केका छन्।

 

प्रकाशित मिति: ११:५५ बजे, शुक्रबार, चैत ७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्