Kathmandu Press

देश तस्कर र शक्तिशालीहरुको लुटको महाजालोमा फस्यो : सांसद केसी

उनले देशकै सबैभन्दा भ्रष्टाचारको ठूलो काण्ड एनसेल प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरे।
देश तस्कर र शक्तिशालीहरुको लुटको महाजालोमा फस्यो : सांसद केसी

काठमाडौं, चैत २ : नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले देश तस्कर र शक्तिशालीहरुको लुटको महाजालोमा फसेको बताएका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले सुन काण्डमा संलग्न भएका सबै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरे।

Hardik ivf

‘देश तस्कर र शक्तिशालीहरुको लुटको महाजालोमा फसेको छ। साढे ३३ किलो तस्करीबारे छनाविन गर्न गृह मन्त्रालयका सहसचिब ईश्वर पौडेललेको अध्यक्षतामा समिति गठन भएको थियो। तर ७५२ पेजको उक्त प्रतिवेदन गायब गरियो,’ उनले भने, ‘अहिले ४२५ पेजको डिल्लीराम आचार्यको प्रतिवेदन आएको छ। यो पनि त्यसरी नै हराउने काम नहोस जो दोषी छन्, उनीहरुमाथि कारबाही होस्।’

उनले देशकै सबैभन्दा भ्रष्टाचारको ठूलो काण्ड एनसेल प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरे।

 

प्रकाशित मिति: १२:३३ बजे, शुक्रबार, चैत २, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्