Kathmandu Press

सहकारी पीडितले मागे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा

प्रदर्शनमा सहभागीले यसअघि भएको सहमतिको कार्यान्वयन नभएको भन्दै सरकारले पीडितलाई अन्याय गर्न नपाउने बताएका छन्।
सहकारी पीडितले मागे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा

काठमाडौं, फागुन २ : प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै सहकहारी पीडितहरुले प्रदर्शन गरेका छन्।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघले संस्थाहरुमा गरेका बचत रकम फिर्ता पाउनुपर्ने मागसहित टेकुस्थित जिल्ला प्रहरी परिषद्अगाडि प्रधानमन्त्री र गृहमन्त्री राजीमाना माग गर्दै प्रदर्शन गरेका हुन्।

Hardik ivf

Shova-Sigdel--1710482578.jpg

उनीहरुले बचतकर्ताको पैसा हिनामिना गर्ने सहकारी सञ्चालकमाथि कारबाहीको माग पनि गरेका छन्। प्रदर्शनमा सहभागीले यसअघि भएको सहमतिको कार्यान्वयन नभएको भन्दै सरकारले पीडितलाई अन्याय गर्न नपाउने बताएका छन्।

पीडितहरू सहकारी हिनामिनामै जोडिएका व्यक्तिलाई गृहमन्त्री बनाइएको भन्दै गृहमन्त्री रवि लामिछानेमाथि पनि प्रश्न गरेका छन्।

Photo-(3)(27)-1710482577.jpg

प्रकाशित मिति: ११:४८ बजे, शुक्रबार, चैत २, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्