मैत्रीपूर्ण खेलमा मलेसियासँग भीड्दै नेपाल
बहराइनविरुद्धको विश्वकप छनोटका २ खेल अघि नेपालले मलेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
काठमाडौं, चैत २ : नेपाली राष्ट्रिय फुटबल टिमले आज मलेसियासँग मैत्रीपूर्ण खेल खेल्दैछ। खेल नेपाली समयअनुसार राति ७ः४५ बजे मलेसियामा हुनेछ।
मैत्रीपूर्ण खेलका लागि नेपाली टोली बुधबार नै मलेसिया पुगिसकेको छ। बहराइनविरुद्धको विश्वकप छनोटका २ खेल अघि नेपालले मलेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस युवा टोलीलाई लिएर मलेसिया पुगेका छन्। उनले रोहित चन्द, एरिक विष्ट, आयुष घलान, दीप कार्की, सुरजजिउ ठकुरी जस्ता खेलाडीलाई बाहिर राख्दै डिफेन्डरद्वय, अजय चौधरी र भाग्य राई, मिडफिल्डरद्वय विशाल बस्नेत र रोहन कार्की तथा स्ट्राइकरद्वय समिर तामाङ र सञ्जिव विष्टलाई प्रशिक्षक एनेसले पहिलो पटक टिममा राखेका छन्।
नेपाली टोली आज मलेसियासँग मैत्रीपूर्ण खेल सकेपछि उतैबाट बहराइनसँग खेल्न त्यसतर्फ प्रस्थान गर्नेछ।
नेपालको अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशालाको मैदान प्रतियोगिताका लागि अयोग्य भएपछि विश्वकप छनोटको दुवै खेल बहराइनसँग उसकै मैदानमा खेल्ने छ। नेपालले चैत ८ र १३ गते ‘होम’ एन्ड ‘अवे’ खेल खेल्ने छ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










