नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्कियो
काठमाडौं आइपुगेको नेपाली टोलीलाई नेपाल क्रिकेट संघ क्यानका उपाध्यक्ष रोशन सिंह र क्रिकेट म्यानेजर विनोद दास लगायतले स्वागत गरेका थिए।काठमाडौं, चैत २ : नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता भएको छ। हङकङमा भएको त्रिकोणात्मक टी–२० क्रिकेट खेलेर नेपाली टोली शुक्रबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो।
हङकङ, पपुवा न्युगिनी (पीएनजी) र नेपाल सम्मिलित त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपाल फाइनलमा पराजित भएको थियो। समूह चरणमा जित निकाले पनि फाइनलमा पीएनजीसँग स्तब्ध हुँदै उपाधि जित्न असफल भएको थियो।
काठमाडौं आइपुगेको नेपाली टोलीलाई नेपाल क्रिकेट संघ क्यानका उपाध्यक्ष रोशन सिंह र क्रिकेट म्यानेजर विनोद दास लगायतले स्वागत गरेका थिए।
आइसीसी टी–२० विश्वकप खेल्ने तयारीमा रहेको नेपाली टोलीले अब काठमाडौंमा आयरल्याण्डसँग पनि टी–२० सिरिज खेल्नेछ। आयरल्याण्डको ए टिमसँग सिनियर टिमले २ वटा खेल खेल्दा अरु नेपालकै ‘ए’ टिमले ६ वटा म्याच खेल्ने जनाइएको छ।
प्रकाशित मिति: ११:०६ बजे, शुक्रबार, चैत २, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सामाजिक सुरक्षा प्रदान गर्न प्रभावकारी नीति जरुरी : मन्त्री पौडेलमंगलबार, मंसिर ११, २०८१
दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराइयो मंगलबार, मंसिर ११, २०८१
सर्वोच्चले चूडामणि शर्माको भ्रष्टाचार मुद्दामा अख्तियारलाई झिकायो मंगलबार, मंसिर ११, २०८१
विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्दमंगलबार, मंसिर ११, २०८१