Kathmandu Press

गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीलाई बुझाए सुन तस्करीसम्बन्धी आयोगको प्रतिवेदन

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका गृहमन्त्री लामिछानेले प्रतिवेदन बुझाउँदै कार्यान्वयनका विषयमा परामर्श समेत गरेका छन्।
गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीलाई बुझाए सुन तस्करीसम्बन्धी आयोगको प्रतिवेदन

काठमाडौं, चैत २ : उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन बुझाएका छन्।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका गृहमन्त्री लामिछानेले प्रतिवेदन बुझाउँदै कार्यान्वयनका विषयमा परामर्श समेत गरेका छन्।

Hardik ivf

भेटमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कँुवर समेत सहभागी थिए। आयोगले बिहीबार मात्रै गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो।

आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले सुन तस्करी प्रकरणमा मुछिएकाहरुलाई थप अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन्।

प्रकाशित मिति: १०:३८ बजे, शुक्रबार, चैत २, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्