सिन्धुलीको दुम्जास्थित टेलिकमको टावरमा बम विस्फोट

सिन्धुली, चैत २ : सिन्धुलीको दुम्जास्थित नेपाल टेलिकमको टावर परिसरमा बम विस्फोट भएको छ।
दुम्जा डाँडास्थित बीपी पार्कमा रहेको नेपाल टेलिकमको टावर परिसरमा शुक्रबार बिहान करिब ३ बजेतिर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ।
विस्फोटबाट टेलिकमको टावरमा भने क्षति नभएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार टावर परिसरमा रहेको भवनको झ्यालमा सामान्य क्षति पुगेको छ।
घटनाको थप अनुसन्धान भइरहेको र विस्फोट गराउने काममा संलग्नहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ
प्रकाशित मिति: १०:३५ बजे, शुक्रबार, चैत २, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












