Kathmandu Press

दुबई पठाइदिने भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ

तनहुँको बन्दीपुर नगरपालिका–५ घर भइ हाल काठमाडौंको मैतीदेवी बस्ने बिष्णुबहादुर भण्डारीले राजकुमार कुमालबाट वैदेशिक रोजगारीको लागि दुबई पठाइदिने, र मासिक ७० हजार रुपैयाँ तलब दिलाइ दिने भन्दै पटक–पटक गरी दुई लाख ५० हजार रुपैयाँ लिएका थिए ।
दुबई पठाइदिने भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ

काठमाडौं, चैत २ : दुबई पठाइदिन्छु भन्दै दुई लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

तनहुँको बन्दीपुर नगरपालिका–५ घर भइ हाल काठमाडौंको मैतीदेवी बस्ने बिष्णुबहादुर भण्डारीले राजकुमार कुमालबाट वैदेशिक रोजगारीको लागि दुबई पठाइदिने, र मासिक ७० हजार रुपैयाँ तलब दिलाइ दिने भन्दै पटक–पटक गरी दुई लाख ५० हजार रुपैयाँ लिएका थिए ।

Hardik ivf

त्यसपछि उनी फरार भएका थिए । कुमालले प्रहरीमा दिएको जाहेरीका आधारमा प्रहरीले भण्डारीले बिहीबार पक्राउ गरेको हो ।

उनलाई बत्तीसपुतलीबाट पक्राउ गरी थप कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।  
 
प्रकाशित मिति: ०८:०४ बजे, शुक्रबार, चैत २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्