Kathmandu Press

पहाडी भू–भागमा आंशिक बदली रहने, केही स्थानमा हल्का हिमपातको सम्भावना  

शुक्रबार सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको हो ।
पहाडी भू–भागमा आंशिक बदली रहने, केही स्थानमा हल्का हिमपातको सम्भावना  

काठमाडौं, चैत २ : आज काठमाडौं उपत्यकासहित देशभर पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

शुक्रबार सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको हो ।

Hardik ivf

आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले उल्लेख गरेको छ।

शुक्रबार बेलुका लुम्बिनी र वागमती प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

प्रकाशित मिति: ०७:४९ बजे, शुक्रबार, चैत २, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्