बेलका जीप दुर्घटनाप्रति सभापति देउवाद्वारा दुःख व्यक्त
सभापति देउवाले पछिल्लो समय यस्ता सडक दुघर्टना बढ्दै गइरहेकाले तत्काल एक कार्यदल गठन गरी घटनाको गहिरो अध्ययन गरेर यस्ता घटनालाई न्यूनीकरण गर्न गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।
काठमाडौं, चैत १ : नेपाली कांग्रेसले उदयपुरको बेलका नगरपालिका–७ स्थित बाखाकुवामा भएको जीप दुर्घटनामा आठ जनाको अमूल्य जीवन समाप्त भएकामा दुःख व्यक्त गरेको छ।
कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज शोक विज्ञप्ति जारी गरी धरानबाट भोजपुरको घोडेटार जाँदै गरेको को १ ज २५९३ नम्बरको जीप उदयपुरमा दुर्घटना हुँदा मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका हुन्।
सभापति देउवाले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन्।
उनले घाइतेको उपचारको प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेका छन्। सभापति देउवाले पछिल्लो समय यस्ता सडक दुघर्टना बढ्दै गइरहेकाले तत्काल एक कार्यदल गठन गरी घटनाको गहिरो अध्ययन गरेर यस्ता घटनालाई न्यूनीकरण गर्न गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।












