Kathmandu Press

लिभिङ टुगेदरलाई कानुनी मान्यता माग गर्दै रिट दायर

कानुन बमोजिम योग्य व्यक्तिहरू लिभिङ टुगेदरमा बस्न पाउने गरी तत्काल कानुनी व्यवस्था गर्न परमादेश माग गर्दै अधिवक्ता अनु भट्टराईले रिट दायर गरेकी हुन्।
लिभिङ टुगेदरलाई कानुनी मान्यता माग गर्दै रिट दायर

काठमाडौं, चैत १ : लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

कानुन बमोजिम योग्य व्यक्तिहरू लिभिङ टुगेदरमा बस्न पाउने गरी तत्काल कानुनी व्यवस्था गर्न परमादेश माग गर्दै अधिवक्ता अनु भट्टराईले रिट दायर गरेकी हुन्।

Hardik ivf

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ। रिटमा लागि पेसी आगामी आइतबारलाई तोकिएको छ।

विभिन्न अध्ययनबाट नेपालको सहरी क्षेत्रमा ठूलो संख्यामा यसको अभ्यास समेत रहेको देखिन आउँदा यसबाट उत्पन्न हुने समस्याबाट पीडित हुनेको संरक्षणका लागि रिट दायर गरिएको उनले बताएकी छन् । मुलुकमा हालसम्म लिभिङ टुगेदरको कानुन बनिसकेको छैन।

लिभिङ टुगेदरको स्पष्ट परिभाषा यस सम्बन्धी व्यवस्थालाई वैधानिकत्ता प्रदान गर्न समयसान्दर्भिक कानुनको निर्माणको लागि पहल, यसबाट उत्पन्न हुने समस्यालाई बेलैमा व्यवस्थापन गर्ने बलियो कानुनी आधारको निर्माणका लागि सर्वोच्च अदालत नियमावली २०७४ को नियम ७३ वमोजिमको अग्राधिकारसहितको परमादेश रिटमा माग गरिएको छ।

लिभिङ टुगेदरलाई समयमै नियमन र व्यवस्थापन गर्न अति नै जरुरी भए पनि  आवश्यक कानुनको अभावमा विकृति बढेको छ । खराब आचरणजन्य कार्यको रूपमा लिने मानसिकताबाट समाजलाई मुक्त बनाउन कानुन चाहिने जिकिर रिट निवेदनमा छ।

 

प्रकाशित मिति: २०:४२ बजे, बिहीबार, चैत १, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्