Kathmandu Press

प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गर्न श्रम मन्त्रालयले बनायो अध्ययन समिति

प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गर्न श्रम मन्त्रालयले बनायो अध्ययन समिति
Hardik ivf

काठमाडाैं, चैत १ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको १६ वुँदे निर्देशन कार्यान्वयन गर्न अध्ययन समिति निर्माण गरेको छ । मन्त्रालयका प्रवक्ता एवम् सह सचिव गोविन्द प्रसाद रिजालको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको हो । 

प्रधानमन्त्री दाहालले गत पुस २५ गते मन्त्रालयको काम कारवाहीका बिषयमा छलफल गरी १६ वुँदै निर्देशन दिनु भएको थियो । प्रधानमन्त्री दाहालको निर्देशनलाई प्रक्रियागत रुपमा कार्यान्वयन गर्न मन्त्रालयले अध्ययन समिति निर्माण गरेको हो । समितिले २१ दिन भित्रमा प्रतिवेदन बुझाउँने छ । 

तत्कालिन श्रम मन्त्री शरदसिंह भण्डारीको नेतृत्वले गरेको काम कारवाहीका बिषय विभिन्न सञ्चार माध्यम तथा श्रमिकहरुले गुनासो गरेका थिए । पूर्वप्रस्थान अभिमुखीकरण तालिमको शुल्क वृद्धि, वैदेशिक रोजगारीमा जानेले अनिवार्य रुपमा अग्रेजी भाषा सिक्नु पर्ने, परिक्षा दिनुपर्ने, मलेसिया जाने कामदारको हकमा तेस्रो पक्ष कम्पनीलाई शुल्क बुझाउने लगायतका बिषयमा मन्त्रालयले गरेको निर्णयको विरुद्धमा चौतर्फी आलोचन भएको थियो । सोही बिषयमा मन्त्रालयसँगको छलफल पछि प्रधानमन्त्री दाहालले १६ बुदे निर्देशन दिनु भएको थियो । तर, सो निर्देशन हालसम्म भने कायान्वयन भएको छैन । 
 
प्रधानमन्त्रीको निर्देशनलाई कार्यान्वयन गर्न नवनियुक्त श्रम मन्त्री डोल प्रसाद अर्यालले अध्ययन समिति नै निर्माण गर्ने निर्णय गर्नु भएको हो । 

प्रकाशित मिति: १९:०३ बजे, बिहीबार, चैत १, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्