Kathmandu Press

विकासको स्पष्ट प्राथमिकता निर्धारण हुनुपर्छ : डा वाग्ले

सांसद वाग्लेले पुनः औद्योगीकरण र हरित अर्थतन्त्रमा ध्यान दिँदै अर्थतन्त्रमा सुधारका लागि आँट र अठोट दिइनुपर्नेमा जोड दिए।
विकासको स्पष्ट प्राथमिकता निर्धारण हुनुपर्छ : डा वाग्ले
Hardik ivf

काठमाडौं, चैत १ : राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष बजेट ल्याउँदा वस्तुगत धरातलमा आधारित भएर विकासको स्पष्ट प्राथमिकता निर्धारण गर्न आग्रह गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले उक्त प्रस्तावमा प्राथमिकता छरिएको र विकासको स्पष्ट सोच नभएको टिप्पणी गर्दै दिगो विकासका लक्ष्यसहित मुलुक निर्माणको स्पष्ट गन्तव्य तर्जुमा हुनुपर्ने माग गरे। 

सांसद वाग्लेले पुनः औद्योगीकरण र हरित अर्थतन्त्रमा ध्यान दिँदै अर्थतन्त्रमा सुधारका लागि आँट र अठोट दिइनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १७:१६ बजे, बिहीबार, चैत १, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्