जिप दुर्घटना अपडेट : मृतककाे संख्या ८ पुग्याे
घाइतेमध्ये शान्तिकाला राईको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।
सुनसरी, चैत १ : सुनसरीको इटहरीबाट धरान हुँदै भोजपुरको चुहारसम्मको लागि हिडेको को१ज २५९३ नम्बरको बोलेरो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ।
सुनसरीबाट भोजपुर हिँडेको बोलेर उदयपुरको बेलका नगरपालिका ७ मैनामैनीमा दुर्घटना भएको थियो। दुर्घटना परि घटनास्थलमै सात जनाको मृत्युभएको हो भने एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटना परी मृत्यु हुनेहरुमा चालक इटहरी नगरपालिका–१६ सुनसरीका ४२ बर्षिया मानबहादुर बस्नेत, भोजपुरा हतुवागडी २ का ७० वर्षीया पर्वतमाया राई, भोजपुरा हतुवागडी २ कै २३ वर्षिय चन्द्रप्रकाश राई, सोही ठाउँका ६ महिने बालक दिसांग राई, भोजपुरा हतुवागडी ९ का ६८ वर्षीय पदम बहादुर थापा, भोजपुरा हतुवागडी ५ का ३० वर्षिया रामकुमारी राई र सुनसरी इटहरी बस्ने अन्दाजी ४० वर्षिया कमला अधिकारी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उपचारको क्रममा हतुवागडी ५ का किसन राईको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारीअनुसार दुर्घटनामा परि घाइते भएकाहरुको सुनसरीको धरान स्थित घोपा क्याम्पमा उपचार भैरहेको छ। घाइते हुनेहरुमा विशेष पराजुली, सावित्रा राई, मीनु राई, शान्तिकला राई, सबिना परियार, गायत्री कटवाल 'रमा', सुशील परियार, कुलाबुंग राई र निकिता कटवाल छन्। घाइतेमध्ये शान्तिकाला राईको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। घाइते शान्तिकलाको ६ महिनाको बालिकाको भने घटना स्थलमै मृत्यु भएको थियो।












