Kathmandu Press

‘कांग्रेसले सदनमा उठाएका विषयलाई सामान्य रुपमा नलिइए कठोर कदम चालिन्छ’

‘कांग्रेसले सदनमा उठाएका विषयलाई सामान्य रुपमा नलिइए कठोर कदम चालिन्छ’

काठमाडाैं, चैत १ : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कांग्रेसले सदनमा उठाएका विषयलाई सामान्य रुपमा लिए कठोर कदम चाल्न बाध्य हुने बताएका छन्।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा संचारकर्मीसंग कुरा गर्दै खतिवडाले सहकारी र सुन प्रकरणका बारेमा आफुहरुले सदनमा प्रधानमन्त्रीको जवाफ माग गरेको भन्दै सदनमा उठाएका विषयलाई सामान्य रुपमा लिए कठोर कदम चाल्न बाध्य हुने बताएका हुन्।

Hardik ivf

उहाले संसदलाई अवरुद्ध गर्ने अवस्था सकेसम्म आउन नदिने तर संसदीय पद्धती अनुसार गर्ने काम कारवाही सरकारले गरेन भने अर्को कदम चाल्ने चेतावनी दिए।

उपप्रधान एवं गृहमन्त्री वा अन्य मन्त्रीहरुका विषयमा सदनमा प्रश्न उठ्नु अस्वाभाविक नभएको उनको भनाइ छ। उनले सुन तस्करी अध्ययन प्रतिवेदन सबै सांसदहरुको हातमा आउनुपर्ने बताए।

उनले गृहमन्त्रीले आफ्नो मुद्दामा चलखेल गर्ने काम नगर्ने र अरु मुद्दाहरुमा पनि गलतलाई कारबाही गर्नेगरि अघि बढ्न सुझाव दिएको धारणा राखे।

त्यस्तै खतिवडाले सुशासनको कुरा गर्ने प्रधानमन्त्रीले विभिन्न प्रकरणमा मुछिएकालाई मन्त्रिपरिषदमा सहभागी गराएको भन्दै आपति जनाए। 

प्रकाशित मिति: १६:१८ बजे, बिहीबार, चैत १, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्