‘रविलाई प्रधानमन्त्री अफर गर्दा कांग्रेसले अहिले उठाएको विषय कहाँ थियो?’
बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पराजुलीले अहिले कांग्रेसका सांसदहरुले उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि विभिन्न प्रश्न खडा गरेको भन्दै प्रधानमन्त्रीको असफर गर्दा कांग्रेसले अहिले उठाएको बिषय कहाँ थियो भन्दै प्रश्न गरेका हुन्।
काठमाडाैं, चैत १ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले कांग्रेसले किस्तीमा राखेर रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गर्दा अहिले उठाएको विषय कहाँ थियो भन्दै प्रश्न गरेका छन्।
बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पराजुलीले अहिले कांग्रेसका सांसदहरुले उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि विभिन्न प्रश्न खडा गरेको भन्दै प्रधानमन्त्रीको अफर गर्दा कांग्रेसले अहिले उठाएको विषय कहाँ थियो भन्दै प्रश्न गरेका हुन्।
उनले राजनीतिको आफ्नै मूल्य मान्यता हुने भन्दै आफ्नो पक्षमा राम्रो हुने र नहुँदा नराम्रो देख्ने प्रवृतिको अन्त्य हुनुपर्ने धारणा राखे। पराजुलीले कांग्रेसले तत्कालीन अवस्थामा रास्वपालाई प्रधानमन्त्रीको अफर देश र जनताको हितमा गरेको थियो वा अर्को समीकरणलाई ढाल्न मात्रै गरिएको थियो भन्ने कुरा जिम्मेवार राजनीतिक दलले बुझ्नुपर्ने धारणा राखे।
उनले अहिले कोहि व्यक्तिलाई जबरजस्ती दोषी देखाउने भन्दा पनि सहकारी पिडितलाई न्याय दिनु मुख्य विषय भएकाले उनीहरुले न्याय दिएरै छाड्ने दाबी गरे। त्यस्तै उनले सहकारीको विषयमा लामिछानेमाथि उठेका विषयको निष्पक्ष छानबिन गर्न गृह मन्त्रालयले हस्तक्षेप नगर्ने स्पष्ट पारे।












