Kathmandu Press

निर्माणमुखी सामग्रीसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

सभाको आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले प्रस्तुत गरेको उक्त प्रस्ताव सर्वसम्मतबाट स्वीकृत भएको हो।
निर्माणमुखी सामग्रीसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
Hardik ivf

काठमाडौँ, चैत १ : ‘निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएको छ।

सभाको आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले प्रस्तुत गरेको उक्त प्रस्ताव सर्वसम्मतबाट स्वीकृत भएको हो।
 
उक्त प्रस्तावमाथिको छलफलमा सांसद रघुजी पन्त, दामोदर पौडेल ‘वैरागी’, चन्दा कार्की (भण्डारी), वासुदेव घिमिरे, लेखनाथ दाहाल, प्रदीप पौडल, शिशिर खनाल, अब्दुल खान, निशा डाँगी, सूर्यप्रसाद ढकाल, प्रेम सुवाल, गणेश पराजुली, शिव नेपाली, मनीष झा, विनिता कठायत, बद्रीप्रसाद पाण्डे, माधव सापकोटा, सञ्जय गौतमलगायतले भाग लिएका थिए।

सभामुख देवराज घिमिरेले उक्त विधेयकमाथि संशोधन पेस गर्न चाहने सांसदले ७२ घण्टाभित्र आफूले गर्न चाहेको संशोधनको सूचना विधेयक शाखामा दिन सक्ने जानकारी गराए।

प्रकाशित मिति: १५:४२ बजे, बिहीबार, चैत १, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्