Kathmandu Press

फूल फुल्ने माैसम (तस्बिरहरू)

शरदकालीन शीतले पात झरेर अस्थिपञ्जर बनेका रूखबिरूवामा पालुवा भर्ने काम वसन्तले गर्छ। वसन्त फूल फुलाउने ऋतु पनि हाे।
फूल फुल्ने माैसम (तस्बिरहरू)

यतिखेर वसन्त ऋतु हाे। शरदकालीन शीतले पात झरेर अस्थिपञ्जर बनेका रूखबिरूवामा पालुवा भर्ने काम वसन्तले गर्छ। वसन्त फूल फुलाउने ऋतु पनि हाे। भनिन्छ अरूबेला कहिल्यै नफुल्ने फूल पनि वसन्तमा फुल्छन्। वनपाखा, घरबारी जताततै फूल फुल्ने हुँदा याे ऋतुमा चारैतिर साैन्दर्यकाे छरिन्छ। फूलकाे सुगन्धले मान्छेलाई उमंगित र उत्साहित बनाउँछन्। 

तस्बिरमा हेर्नुहाेस् लालीगुराँस, काेइराला, मेललगायत फूल :   

YubrajBista_Bhojpur_RSS_29_IMG_6994-1710409004.JPG

Hardik ivf

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा फुलेको लालीगुराँस। तस्बिर : युवराज विष्ट/रासस

०००

DhruvasagarSharma_GalesworMyagdi_RSS_29_-phulekosimal-1710409003.jpeg

म्याग्दीको मालिका गाउँपालिका ६ को उपल्लो दरबाङ क्षेत्रमा ढकमक्कै फुलेको सिमल। लेकाली क्षेत्रहरुमा यतिबेला लालीगुराँस फुलेको छ भने बेँसीमा सिमल फुलेर रातै देखिन्छ। तस्बिर : ध्रुवसागर शर्मा/रासस

०००

KS_KHalanga-_IMG_5938~2-1710409003.jpg

प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरमा फुलेको लालीगुराँस। ढकमक्क फुलेको लालीगुराँसले अत्यधिक रुपमा आन्तरिक पर्यटकलाई आकर्षित गरिरहेको छ। तस्बिर : केशर सुनार/रासस

०००

AKY-Rajbiraj-IMG_20240313_174828-1710409003.jpg

सप्तरीको राजविराज नगरपालिका–३ कल्टु पोखरीको पश्चिमी डिलमा आँपको बोटमा ढकमक्क फुलेको फूल।  तस्बिर : अरूणकुमार यादव/रासस

०००्

RadhikaKadel-0O7A9047-1710409006.jpg
पोखरा महानगरपालिका–१४ गोर्खा भिलेजस्थित गल्फकोर्स परिसरमा फुलेको कोइरालोको फूल। उक्त फूल अचार खाना प्रयोग गरिन्छ। गाईवस्तुलाई कोइरालो डाले घासको रुपमा खुवाइन्छ। तस्बिर : राधिका कँडेल/रासस

०००

KS_Khalanga_IMG_5843~2-1710409005.jpg
प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङस्थित  बुक्तिचौरमा फुलेको आलुबखडा। तस्बिर : केशर सुनार/रासस

०००

RA_Deukhuri-1710409005.JPG
दाङको घोराही उपमहानगरपालिका–५ धारापानी मन्दिर परिसरमा ढकमक्क फुलेको मेल । तस्बिर : रञ्जिता अधिकारी/रासस

०००

SG_MYAGDI_DJI_0130-1710409006.jpg

म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँ र टोड्ने नजिकैको जङ्गलमा ढकमक्क फुलेको लालीगुराँस । टोड्केको पाखा लालीगुराँसले रङ्गिएको छ । तस्बिर : सन्तोष गौतम / रासस

०००

SKM_JALESHWAR_IMG_20240309_174936-1710409004.jpg

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ८ बजराही गाउँमा रहेको बगैँचामा फूल फुलेको आँपको बोट । तस्वीर :सञ्जीतकुमार मण्डल /रासस

प्रकाशित मिति: १५:३५ बजे, बिहीबार, चैत १, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्