‘रास्वपा सरकारमा गएपछि १७ हजार प्लस २ कसरी शून्य भयो?’
सिंहले माओवादी द्वन्द्वका कारण मारिएका १७ हजार नागरिक र बालकुमारी घटनामा ज्यान गुमाएका दुईजना नागरिकबारे रास्वपाले विगतमा उठाएको बिषयलाई लिएर सिंहले प्रश्न गरेकी हुन्।
काठमाडौं, चैत १ : नेपाली कांग्रेसकी सांसद नागिना यादवले संसद बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्रश्न गर्दै ‘सरकारमा गएपछि १७ हजार प्लस दुई कसरी शून्य भयो?’ भन्दै प्रश्न गरेकी छन्।
सिंहले माओवादी द्वन्द्वका कारण मारिएका १७ हजार नागरिक र बालकुमारी घटनामा ज्यान गुमाएका दुईजना नागरिकबारे रास्वपाले विगतमा उठाएको बिषयलाई लिएर सिंहले प्रश्न गरेकी हुन्।
गत पुस १३ गते ललितपुरको बालकुमारी दुई जनाको ज्यान जाने गरी भएको घटनाको विरोेधमा रास्वपा सांसद डा।तोसिमा कार्कीले तत्कालिन सरकारविरुद्ध बोकेको प्लेकार्डलाई लिएर यादवले प्रश्न सोधेकी हुन्। रास्वपा सांसद कार्की ‘१७ हजार प्लस, २’ लेखिएको प्लेकार्डसहित प्रदर्शनमा उत्रिएकी थिइन्।
सिंहले भनिन्, ‘मलाई थाहा छ, उहाँहरू गणितमा कमजोर हुनुहुन्छ। एक पटक उहाँहरूले प्लेकार्ड बोकेर हिँड्नुहुन्थ्यो, १७ हजार प्लस दुई। अब सरकारमा गएपछि १७ हजार प्लस दुई भनेको शून्य भएको छ।
एलचएस बराबर आरएचएस शून्य कसरी भयो रु’ यस्तै सांसद यादवले रास्वपाका अर्का सांसद डा।स्वर्णिम वाग्लेले झुठ बोलेको समेत बताएकी छन्। उनले कांग्रेसले कसैलाई प्रधानमन्त्रीको अफर नगरेको समेत बताइन्। वाग्लेलाई लक्षित गर्दै सिंहले भनिन्, ‘तपाईंजस्ता विद्वान कांग्रेसभित्र धेरै छन्। विश्वास नलागे संसद्ले प्रकाशन गरेको सांसद डायरी हेर्नुस्।’
यस्तै सिंहले डा।वाग्लेले कांग्रेसबाट धेरै नियुक्ति, सुविधा दिएर पनि एउटा सांसदको टिकटको लोभमा पार्टी परित्याग गरेको समेत बताइन्।












