Kathmandu Press

संघीय निजामती सेवासम्बन्धी विधेयक प्रतिनिधिसभामा पेस

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले प्रतिनिधि सभा बैठकमा विधेयक पेस गरेका हुन्। विधेयकबारे प्रतिनिधि सभाको अर्को बैठकमा सांसदहरुको संशोधनसमेत राखेर विधेयकमाथि दफावार छलफल हुनेछ।
संघीय निजामती सेवासम्बन्धी विधेयक प्रतिनिधिसभामा पेस

काठमाडौं, चैत १ : संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० बिहीबार प्रतिनिधि सभामा पेस भएको छ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले प्रतिनिधि सभा बैठकमा विधेयक पेस गरेका हुन्। विधेयकबारे प्रतिनिधि सभाको अर्को बैठकमा सांसदहरुको संशोधनसमेत राखेर विधेयकमाथि दफावार छलफल हुनेछ।

Hardik ivf

विधेयकलाई लिएर नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना राखेका थिए। जवाफ दिने क्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री जोशीले संघीयता कार्यान्वयनका लागि समेत विधेयक ल्याउनुपरेको बताएका थिए।

मन्त्री जोशीले विधेयकले कर्मचारीलाई राजनीतिक रुपमा मुक्त बनाउनेलगायतका उद्देश्य रहेको समेत बताए ।
 
प्रकाशित मिति: १४:११ बजे, बिहीबार, चैत १, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्