Kathmandu Press

उपनिर्वाचन सम्पन्न गर्न ८ करोड रूपैयाँ लाग्ने

आगामी वैशाख १५ गते इलाम निर्वाचन क्षेत्र नम्बर २ र बझाङ १ (१) मा उपनिर्वाचनका लागि मतदान हुनेछ। इलाम २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवास नेम्बाङको निधन भएपछि सो क्षेत्र रिक्त रहेको छ।
उपनिर्वाचन सम्पन्न गर्न ८ करोड रूपैयाँ लाग्ने

काठमाडौं, चैत १ : आगामी वैशाख १५ गते हुने उपनिर्वाचन सम्पन्न गर्न करिब ८ करोड खर्च लाग्ने निर्वाचन आयोगले जनाएको छ। 

मतदान केन्द्र व्यवस्थापन, मतदान, मतपेटिका संकलन, मतगणना र सुरक्षा प्रबन्ध गर्न उक्त परिमाणकाे बजेट आवश्यक परेको आयोगको भनाइ छ। आयोगले बुधबार अर्थसचिव कृष्णहरि पुष्करलाई बोलाएर उपनिर्वाचन खर्चको सम्बन्धमा छलफल गरेको थियो। अर्थ मन्त्रालयसँग बजेटको अभाव रहेको र स्रोत व्यवस्थापन गर्न चुनौती देखिएको सचिव पुष्करले जानकारी गराएका थिए।

Hardik ivf

‘निर्वाचन गर्न सबै पूर्वाधार तयारी अवस्थामा रहेकाले थप खर्च आवश्यक नभएको तर मतदानदेखि मतगणनासम्म कार्य सम्पन्न गर्न अत्यावश्यक बजेट मात्र सरकारसँग माग गरेको’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए।

आगामी वैशाख १५ गते इलाम निर्वाचन क्षेत्र नम्बर २ र बझाङ १ (१) मा उपनिर्वाचनका लागि मतदान हुनेछ। इलाम २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवास नेम्बाङको निधन भएपछि सो क्षेत्र रिक्त रहेको छ। 

प्रकाशित मिति: १३:५९ बजे, बिहीबार, चैत १, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्