Kathmandu Press

नेसपा फेरि फुटको संघारमा, भट्टराई पक्षले एकतर्फी बोलायो बैठक

नेसपाका एकजना अध्यक्ष डा.बाबुराम भट्टराईले एकतर्फी रुपमा चैत ४ गतेका लागि केन्द्रीय कार्यकारिणी समिति बैठक डाकेका छन् भने चैत ५ गते केन्द्रीय समिति बैठक राखेका छन्।
नेसपा फेरि फुटको संघारमा, भट्टराई पक्षले एकतर्फी बोलायो बैठक

काठमाडौं, चैत १ : नेपाल समाजवादी पार्टी (नेसपा) फेरि फुटको संघारमा पुगेको छ। नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने कि नगर्ने विषयमा चर्किएको आन्तरिक विवाद छछुल्ल भएको छ। 

नेसपाका एकजना अध्यक्ष डा.बाबुराम भट्टराईले एकतर्फी रुपमा चैत ४ गतेका लागि केन्द्रीय कार्यकारिणी समिति बैठक डाकेका छन् भने चैत ५ गते केन्द्रीय समिति बैठक राखेका छन्। भट्टराई पक्षले डाकेको दुबै बैठक पार्टीका अर्का अध्यक्ष महिन्द्र राय यादवसँग सल्लाह नगरी डाकिएको भन्दै अर्को पक्षले विज्ञप्ति नै निकालेर विरोधमा उत्रिएको छ। 

Hardik ivf

नेसपाका महासचिव रमेशप्रसाद यादवले एक विज्ञप्ति जारी गर्दै भट्टराईले बोलाएको बैठक आधिकारिक नभएको दाबी गरेका छन्। उक्त बैठकको बिषयमा आपत्ति जनाउँदै महिन्द्र राय पक्षले रोक्न गम्भीर ध्यानाकर्षण समेत गरेको छ। उक्त बैठक नेपाल समाजवादी पार्टीको बैठक नभएको समेत जनाइएको छ। अध्यक्षद्वयको सहमतिमा बोलाउनुपर्ने बैठक अध्यक्ष एकपक्षीय रूपमा डाकिएको भनाई अर्को पक्षको छ। 

‘नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक मिति २०८० चैत ४ र ५ गते बोलाइएको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ। अध्यक्षद्वयको सहमतिमा बोलाउनुपर्ने बैठक अध्यक्ष महिन्द्र राय यादवको सहमतिबिनै एकपक्षीय रूपमा अध्यक्ष डा.बाबुराम भट्टराईको निर्देशनमा बोलाइएकोले उक्त बैठक नेपाल समाजवादी पार्टीको बैठक नभएको जानकारी गराउँदछु’, विज्ञप्तिमा उल्लेख छ।

भट्टराई पक्षले बोलाइएको बैठक स्थगित नगरे बहिष्कार गर्ने तयारीमा महिन्द्र राय पक्ष छ। गत माघ २० गते बसेको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो। तर पछिल्लो समय माओवादी अध्यक्ष रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेसपाका अध्यक्ष डा. भट्टराईविच दुरी बढ्दै गएको छ। भट्टराईले प्रचण्डले एकता नचाहेको आरोप लगाउँदै आएका छन्। भट्टराई पक्षले डाकेको एकतर्फी बैठक नरोकिए पार्टी विभाजनमा जाने आँकलन गरिएको छ।

प्रकाशित मिति: १३:५३ बजे, बिहीबार, चैत १, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्