Kathmandu Press

ललितपुरमा ‘यल इतिल्हन सम्यक महादान पर्व’ आयोजना

‘दिपंकर पर्व’ का नामले समेत प्रख्यात यो पर्व हिरण्यवर्ण महाविहारको स्वर्ण मन्दिर स्थापना गर्ने राजा भाष्करदेवका सन्तति भलिभारोले ‘त्रिरत्नको आशिषले धन प्राप्त गरेको’ले बुद्धप्रति कृतज्ञ हुँदै श्रद्धा एवं दानको उद्देश्यले सम्यक महादान पर्व आयोजना गरेको कथन छ।
ललितपुरमा ‘यल इतिल्हन सम्यक महादान पर्व’ आयोजना

ललितपुर, चैत १ : ललितपुरको प्रसिद्ध हिरण्यवर्ण महाविहार, क्वाबहालको आयोजनामा ललितपुरमा ‘यल इतिल्हन सम्यक महादान पर्व’ आयोजना गरिएको छ।

‘दिपंकर पर्व’ का नामले समेत प्रख्यात यो पर्व हिरण्यवर्ण महाविहारको स्वर्ण मन्दिर स्थापना गर्ने राजा भाष्करदेवका सन्तति भलिभारोले ‘त्रिरत्नको आशिषले धन प्राप्त गरेको’ले बुद्धप्रति कृतज्ञ हुँदै श्रद्धा एवं दानको उद्देश्यले सम्यक महादान पर्व आयोजना गरेको कथन छ।

Hardik ivf

महादान पर्वका लागि ललितपुरको मुख्य १८ विहारका साथै चापागाउँ, बुंगमति, किर्तिपुर, काठमाडौं, ललितपुर, भक्तपुरका महाविहारहरुबाट दिपंकर बुद्ध, आर्यतारा तथा अन्य देवीदेवताहरुलाई पाटन दरवार क्षेत्रमा भेला गराइएको थियो।

बिहीबार विहान ४ बजेदेखि दिउँसो १ बजेसम्म भक्तजनहरुलाई विराजमान दिपंकर बुद्ध तथा देवीदेवताहरुको पूजाआजा तथा दर्शन गराइएको थियो । भूमिशोधन पूजाका साथै दान प्रदान कार्यक्रम भएपछि दिपंकर बुद्ध तथा देवीदेवता आ–आफ्नो विहारमा प्रस्थान गर्ने परम्परा छ । 

प्रकाशित मिति: १३:२९ बजे, बिहीबार, चैत १, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्