सन्दीपको मुद्दामा न्यून सजाय तोकिएको भन्दै सरकारी वकिल उच्च अदालतमा
लामिछानेलाई अधिकतम सजाय हुनुपर्ने माग राखेर सरकारी वकील कार्यालय उच्च अदालतमा पुगेको हो।
काठमाडौं, फागुन ३० : क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलले पनि उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएको छ।
लामिछानेलाई अधिकतम सजाय हुनुपर्ने माग राखेर सरकारी वकील कार्यालय उच्च अदालतमा पुगेको हो।
लामिछानेले पनि जिल्ला अदालतको फैसला उल्ट्याएर आफूले सफाइ पाउनुुपर्ने माग गर्दै यस अघि नै उच्च अदालत पाटनमा निवेदन दिइसकेका छन्।
जिल्ला अदालत काठमाडौंले न्युन सजाय तोकेको दाबी सरकारी वकिलको छ। लामिछानेलाई जिल्ला अदालत काठमाडौंले ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने फैसला सुनाएको छ।
प्रकाशित मिति: १२:५८ बजे, बिहीबार, चैत १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












