देशको समग्र कृषि प्रणाली संक्रमित र प्रदूषित : सांसद गौतम
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले कृषिप्रधान भनेर परिचित देशमा किसानहरूको रोदन सरकारले सुन्न नसक्नु दुखद रहेको भन्दै देशको समग्र कृषि प्रणाली नै संक्रमित त प्रदूषित भएको बताएकी हुन्।
काठमाडौं, चैत १ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले देशको समग्र कृषि प्रणाली नै संक्रमित त प्रदूषित भएको बताएकी छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले कृषिप्रधान भनेर परिचित देशमा किसानहरूको रोदन सरकारले सुन्न नसक्नु दुखद रहेको भन्दै देशको समग्र कृषि प्रणाली नै संक्रमित त प्रदूषित भएको बताएकी हुन्।
‘कृषिप्रधान भनेर परिचित देशमा किसानहरूको रोदन सुन्नै सकेको छैन। बिउबिजनमा त्यत्तिकै समस्या छ बल्ल बल्ल बीउबिजन मिल्याे मलको समस्या छ। मल पाए सिँचाइको समस्या छ । सबैबाट पार लागेर उब्जनी भए बजारको अभाव छ,’ उनले भनिन्, ‘सरकारले कृषि क्षेत्रमा काम गर्न प्रेरणा कत्ति पनि दिन सकेको छैन् । लामो समयदेखि भुक्तानी नपाउँदा किसान रुदै बस्नुपरेको छ । समग्र हाम्रो कृषि प्रणाली नै संक्रमित त प्रदूषित भएको छ।’
प्रकाशित मिति: १२:५० बजे, बिहीबार, चैत १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार