उदयपुरको बेलकामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु
जिप बेलका नगरपालिका ७ मा भीरबाट ५०० मिटर तल खसेर दुर्घटना हुँदा चालक मानबहादुर बस्नेतसहित ६ जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ।
विराटनगर, चैत १ : उदयपुरको बेलकामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
सुनसरीको धरानबाट भोजपुरको घोडेटारतिर जाँदै गरेको को१ज २५९३ जिप बेलका नगरपालिका ७ मा भीरबाट ५०० मिटर तल खसेर दुर्घटना हुँदा चालक मानबहादुर बस्नेतसहित ६ जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ।
सात जनालाई उद्धार गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। जिपमा अधिकांश यात्रु भोजपुरकै आमचोक र हतुवागढी गाउँपालिकाका रहेकाे प्रहरीकाे भनाइ छ।
प्रकाशित मिति: १२:४१ बजे, बिहीबार, चैत १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












