Kathmandu Press

सांसद शिशिर खनालको व्यंग्य– चक्रपथ बनाउन काठमाडौं महानगरसँग सापटी लिए हुन्छ

आयोजनाको काम अघि नबढ्दा खनालले सामाखुसी, गोंगबु क्षेत्रका व्यवसायी, स्थानीय बासिन्दा र देशैभरबाट काठमाडौं आउने नागरिक धुलो र हिलोको समस्या भोगिरहेको बताए।
सांसद शिशिर खनालको व्यंग्य– चक्रपथ बनाउन काठमाडौं महानगरसँग सापटी लिए हुन्छ

काठमाडौं, चैत १ : उपत्यका विकास प्राधिकरणले बजेट अभावमा बाहिरी चक्रपथ निर्माणको कामलाई अगाडि बढाउन नसकेकोप्रति सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले बिहीबार प्रतिनिधिसभा बैठकमा चक्रपथ निर्माणमा भएको ढिलाईले स्थानीय वर्षौंदेखि धुलो र हिलोको मारमा परेको भन्दै सरकारलाई महानगरसँग आर्थिक सहयोग मागेर चक्रपथ निर्माण कार्य अगाडि बढाउन व्यङ्ग्य गरे।

Hardik ivf

आयोजनाको काम अघि नबढ्दा खनालले सामाखुसी, गोंगबु क्षेत्रका व्यवसायी, स्थानीय बासिन्दा र देशैभरबाट काठमाडौं आउने नागरिक धुलो र हिलोको  समस्या भोगिरहेको बताए।  

उनले चक्रपथ निर्माणका लागि आफूले समन्वय गर्ने क्रममा सडक विभागदेखि स्थानीय र ठेकेदारसँग पटक पटक छलफल गरेको बताए।

‘चक्रपथ निर्माण कार्य चाँडै सकिन्छ भनेको एकवर्ष हुन लाग्यो। स्थानीयको रोष जनप्रतिनिधिमाथि खनिन्छ। सडक विभागको दाबा काम ठेकेदारले गर्नुपर्ने, ठेकेदार भन्छन् सरकारले पैसा दिएन आफ्नो घर बेचेर बनाउन खोज्दा पनि मैंले नसक्ने भए,’ उनले थपे, ‘आजित भएर काठमाडौंका मेयर साबले यो सडक त हाम्रो होइन भनेर बोर्ड नै राख्नुभएको छ। सरकारलाई चक्रपथ निर्माण गर्न पैसाको साह्रै गाह्रो परेको भए महानगरसँग सापटी पो माग्ने हो कि!’

लामो समयदेखि अन्योलमा रहेको चक्रपथ निर्माण आयोजनाका लागि सरकारले बजेट सुनिश्चित गर्न नसक्दा प्राधिकरणले काम अगाडि बढाउन सकेको छैन्।

नेपाल सरकारले आर्थिक वर्ष २०६१÷६२ बाट काठमाडौं उपत्यकामा जग्गा एकीकरणको माध्यमबाट बाहिरी चक्रपथ निर्माण गर्ने कार्यक्रमको घोषणा गरी विस्तृत अध्ययन कामहरू अगाडि बढाएको थियो । तर, घोषणा भएको डेढ दशक बित्दा बाहिरी चक्रपथ निर्माण आयोजनाको नाममा मात्रै सिमित बनेको छ।

प्रकाशित मिति: १२:२२ बजे, बिहीबार, चैत १, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्