Kathmandu Press

कुवेतमा दुर्घटनामा ३ नेपालीको मृत्यु

दुर्घटनामा काठमाडौंका सुजन कार्की, अछामका सुरतबहादुर कठायत र धनुषाका धीर गुर्मछान मगरको मृत्यु भएको छ।
कुवेतमा दुर्घटनामा ३ नेपालीको मृत्यु

काठमाडौं, चैत १ : कुवेतमा सडक दुर्घटनामा परी ३ जना नेपाली युवाले ज्यान गुमाएका छन्। सोमबार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सिसाइड रोडमा बाटो काट्ने क्रममा कारले ठक्कर दिँदा ३ नेपाली युवाको मृत्यु भएको हो।

दुर्घटनामा काठमाडौंका सुजन कार्की, अछामका सुरतबहादुर कठायत र धनुषाका धीर गुर्मछान मगरको मृत्यु भएको छ।

Hardik ivf

गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको बताइएको छ। मृतकको शवलाई पोस्टमार्टमका लागि फरवानियामा अस्पतालमा राखिएको बताइएको छ।

दूतावासका अनुसार मृतकहरूको बिमा र शव नेपाल पठाउन आवश्यक पहल भइरहेको छ।

प्रकाशित मिति: १२:०१ बजे, बिहीबार, चैत १, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्