Kathmandu Press

कांग्रेसले माग्यो गृहमन्त्री नियुक्तिमा प्रधानमन्त्रीकाे जवाफ

‘कतै गृहमन्त्रीको पोजिसनलाई रक्षाकवच बनाएर एक दुई करोड मात्रैको अभियोग लागेका तपाईँलाई शिखण्डीको भूमिकामा अघि सारेर दशौँ अर्बको ठगी गर्ने ठूला माछाहरू उम्काउने प्रपञ्चको तपाईं जानी नजानी हतियार र बनिराख्नुभएको छैन,’ सांसद पाण्डले भने।
कांग्रेसले माग्यो गृहमन्त्री नियुक्तिमा प्रधानमन्त्रीकाे जवाफ

कांग्रेसले माग्यो गृहमन्त्री नियुक्तिमा प्रधानमन्त्रीबाट जवाफ

काठमाडौं, चैत १ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेको नियुक्तिका विषयमा सरकारसँग जवाफ माग गरेको छ।

Hardik ivf

प्रतिनिधिसभाको बिहीबारको बैठकको सुरुमै बोल्दै बद्री पाण्डेले अनुसन्धानमा जोडिएका व्यक्ति सरकारमा पुगेकोमा असन्तुष्टि व्यक्त गरे। उनले सो विषयमा निष्पक्ष छानबिन हुनेमा आशंका व्यक्त गरे।

‘अनुसन्धानको कमान्ड सम्हाल्नुपर्ने गृहमन्त्री नै अनुसन्धानको दायरामा हुनुले गम्भीर नैतिक प्रश्न खडा भएको छ। अर्कोतिर अनुसन्धान प्रभावित हुने आशंका बढाएको छ,’ उनले भने।

उनले सरकारी समस्याको समाधान र विवादित व्यक्तिको नियुक्तिको विषयमा प्रधानमन्त्री प्रचण्डको धारणा माग गरे।

‘कतै गृहमन्त्रीको पोजिसनलाई रक्षाकवच बनाएर एक दुई करोड मात्रैको अभियोग लागेका तपाईँलाई शिखण्डीको भूमिकामा अघि सारेर दशौँ अर्बको ठगी गर्ने ठूला माछाहरू उम्काउने प्रपञ्चको तपाईं जानी नजानी हतियार र बनिराख्नुभएको छैन,’ सांसद पाण्डले भने।

सांसद पाण्डेले सो विषयमा प्रधानमन्त्री दाहालबाट यथाशीघ्र जवाफ दिन सभामुखसँग रुलिङको माग गरे।

तत्पश्चात् सभामुख घिमिरेले सदनमा उठेका विषयमा आफ्नो ध्यानाकर्षण भएको र सरकारले यसबारे ध्यान दिने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: ११:५४ बजे, बिहीबार, चैत १, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्